
काठमाडौं । ग्यासको आपूर्ति सहज बनाउन आजदेखि काठमाडौं उपत्यकाका २२ स्थानमा सहजरुपमा ग्यास बिक्री भइरहेका छन् ।
कोरोना भाइरसको कारण देखाउदै ब्यापारीले कृतिम अभाव सिर्जना गरेर ग्यासमा कालोबजारी गर्न थालेको व्यापक जनगुनासो आएपछि रिटेल काउन्टर खोलेर ग्यास विक्री गर्न सुरु गरिएको हो ।
ग्यास अभावका बिषयमा आयल निगम र ग्यास उद्योग संघबीच हिजो भएको छलफलमा उद्योगीलाई रिटेल काउन्टर खोलेर ग्यास विक्री गर्न निगमले निर्देशन दिएपछि आजदेखि ग्यास बिक्री गर्न थालिइएको हो ।
संघका अनुसार नेपाल ग्यासले बालाजु, अनामनगर र सातदोबाटो, सागर ग्यासले जडिबुटी, एसटीसीले साल्ट ट्रेडिङ कालीमाटी र जडिबुटी, ओम ग्यासले थली र नैकाप, बाबा /श्री /लुम्बनीले कपन, धुम्बाराही, सिद्धार्थले इमाडोल, श्रीमायाले सतुंगल, लोकप्रियले नैकाप, राजधानी ग्यासले सितापाइला, सुर्य ग्यासले जगाती, गीता ग्यासले धुम्बाराही, हिमालले भगवती बहाल, नमस्ते ग्यासले कागेश्वर मनहरा, भानु ग्यासले गोंगबु, एभरेष्टले सिफल, श्रीराम ग्यासले हरिसिद्धि ललितपुरमा रिटेल काउन्टर खोलेर ग्यास बिक्री गरिरहेको संघले जनाएको छ।
छलफलपछि संघले हिजै एक विज्ञप्ति जारि गर्दै आज (आइतबार) देखि उपत्यकाका १७ ठाउँमा रिटेल काउन्टर खोलेर विक्री गर्ने जनाएको थियो ।











