काठमाडौं उपत्यकाका सपिङ् मलहरु पनि आजदेखि बन्द


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि आजदेखि काठमाडौं उपत्यकामा रहेका सपिङ मलहरु बन्द गरिएका छन्। कोरोनाबिरुद्ध लड्नका लागि सरकारले गरेका निर्णयहरुको आत्मसाथ गर्दै मलहरु बन्द गरिएका हुन ।

काठमाडौंका सिभिल मल, विशाल बजार, पिपुल्स प्लाजा, काठमाडौं मल, रञ्जना ट्रेड सेन्टर लगायतका मलहरु बन्द गरिएको सिभिल मल व्यवसायी संघका अध्यक्ष रत्न घिमिरेले जानकारी दिए । उनका अनुसार यसबारे शनिबार औपचारिक निर्णय गरिएको थियो ।

योसंगै काठमाडौंको विशाल बजार तथा रन्जना ट्रेड सेन्टर पनि आजदेखि बन्द भएको छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार