विस्फोटमा परी कैलालीमा एक जनाको मृत्यु,कसले गरायो बिस्फोट ?

धनगढी । कैलालीमा विस्फोटमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीका नरबहादुर विक रहेका छन् ।

अन्दाजी ३५ वर्षका उनको आइतबार विस्फोटमा परी घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको बताइएको छ ।

घटनास्थलमा प्रहरीको टोलीले उक्त वस्तु विस्फोटक पदार्थ थियो वा थिएन भन्ने बारेमा अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार