मर्स्याङ्दी नदीमा बस खस्दा ३ को मृत्यु, १२ घाईते


तनहुँ। मर्स्याड्दी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
पोखराबाट नेपालगञ्जतर्फ जान आउँदै गरेको ना५ख ४२९४ नम्बरको बस आइतबार साँझ ६ बजेतीर तनहुँको आँबुखैरेनीस्थित ऐनापहरा नजिक मर्स्याड्दी नदीमा खस्दा उक्त दुर्घटना भएको हो ।

बस सडकबाट करिब एक सय मिटर मर्स्याड्दी नदीमा खसेको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते १२ जनालाई उपचारका लागि चितवन पठाइएको छ ।

मृतक तीनैजनाको शव भेटिए पनि सनाखत हुन नसकेको प्रमुख गौलीले बताए ।

दुर्घटनामा परेको बस नदीमा नै रहेको, कतिपय घाइते बसले च्यापिएको र कोही ढुंगाले च्यापिएकाले घाइतेको संख्या यकिन गर्न नसकिएको उनको भनाइृ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार