आजदेखि चीन र भारततर्फका सबै नाका बन्द


काठमाडौं । कोरोना भाइरस नेपाल नभित्रियोस भन्नका लागि सरकारले आजदेखि चीन र भारततर्फका सबै सीमा नाका भन्द गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाका एक सातासम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

आज बिहान १० बजेदेखि लागु हनुेगरी एक सातासम्मका लागि नाका बन्द गरिने बताइएको छ ।

चीनको वुहानमा देखा परेको कोरोना विश्वव्यापी रुपमा फैलिएपछि यसबाट संभावित संक्रकमणलाइृ मध्यनजर गर्दै सरकारले चीन र भारत दुबैतर्फका सबै नाकाहरु एक सातासम्मका लागि बन्द गरेको हो ।

भारतमा पनि कोरोनाका कारण ८  जनाको मृत्यु भइसक्यो भने तीन सयाबढि संक्रमित भएका छन् ।

भारतसंगको खुला सीमाका कारण नेपाल उच्च जोखिममा परेपछि सरकार तातेको हो ।
भारतसंगको सीमा नाका बन्दका लागि दुबै देशको सहमती चाहिने भएपनि कोरोनाको उच्च जोखिम बढ्न थालेपछि सरकारले एकलौटी रुपमा सीमा नाका बन्द गरेको छ ।

कोरोनाको संक्रमण फैलिने जोखिम बढेपछि शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले नै भारत सहमत नभए एकतर्फी रुपमै भएपनि सीमा नाका बन्द गर्नुपर्नेमा जोड दिएका थिए ।

भारतसंगको खुला सीमाका कारण निर्वाधरुपमा एकैदिनमा हजारौंको संख्यामा भारतबाट नेपाल छिर्न थालेपछि तत्काल नाका बन्द गर्नुपर्ने चर्को आवाज उठिरहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार