काठमाडौँ । कोरोनाबाट संक्रमित एक विरामी काठमाडौंमा फेला परेका छन् । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका छन् ।
सम्मेलनमा मन्त्री ढकालले फ्रान्सबाट काठमाडौं आएका नागरिकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । संक्रमित व्यक्ति चैत्र ४ गते कतारको दोहा हुँदै चैत नेपाल पुगेका थिए ।
उनलाई त्यो बेला कुनै लक्षण नदेखिएपछि होम क्वारेन्टाइनमा बसेका थिए । केहीसमय पछि रुघाखोकी लागेपछि हिजो परीक्षणका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएको छ । १९ वर्षकी ती युवतीकाे अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
मन्त्री ढकालले उनका परिवारसहित सम्पर्कमा रहेका सबैलाई होम क्वारेन्टाइनमा राखिएको बताएका छन् ।
यस्तो अवस्थामा मन्त्री ढकालले धर्य नगुमाउने र सावधानी अपनाएर बस्न सबै नागरिकलाई अपील गरेका छन् ।
यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेको कुरा पनि जानकारी गराएका थिए । सरकारले यतिबेला कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्ट्रिय नाका बन्द गराएको छ भने अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ । आजैबाट लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।
नेपालमा संक्रमणको राकथामका लागि सरकार तयारीमा जुटेको छ । सरकारले भारतसँग सिमाना जोडिएका जिल्लाहरुमा सरकारले आवातजावतमा रोक लगाउनुका साथै कर्फ्यू समेत लगाएको छ ।
नेपालमा कोरोना संक्रमितको याे पहिलो घटना हो ।











