कैलाली । सोमबार दिउँसोबाट बैलालीमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । दिउँसो २ बजेबाट जिल्ला प्रशासन कार्यालय कैलालीले अनिश्चितकालीन कर्फ्यू (निषेधाज्ञा) लगाएको हो ।
देशभर कोरोनाको त्रास फैलिरहेका बेला कैलाली जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बताइएको छ ।
कैलालीको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले निषेधाज्ञा अवधिमा भिडभाड नगर्न सबैलाई आग्रह गरेका छन् । यसका साथै बोहराले सवारी साधन र आवत जावतसमेत पूर्ण रूपमा निषेध गरिने बताएका छन् ।
निषेधाज्ञा अवधिमा जिल्लामा विद्युत, खाने पानी दूरसञ्चार पेट्रोल पम्प, औषधि, भोजनालयबाहेक सबै पसलहरु बन्द रहने जानकारी गराएका छन् ।
कैलाली पनि भारतसँग सिमा नाका जोडिएको जिल्ला हो । कैलालीको नाका गौरीफन्टाबाट दैनिक हजारौंको संख्यामा नेपालीहरु भारतबाट आउन थालेपछि नाक बन्द गरिएको थियो ।
त्यस्तै कञ्चनपुरमा पनि सोमबार बिहानैदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको थियो । कञ्चनपुरमा पनि भारतबाट ठूलो संख्यामा सर्वसाधरण आउन थालेपछि कर्फ्यू लगाइएको हो ।










