भारतबाट आएका नेपालीहरु क्‍वारेन्टाइनबाट भागे, थप जोखिम बढ्यो

नेपालगञ्ज । भारतबाट आएर क्‍वारेन्टाइन बसेका नेपालीहरु भागेका छन् ।
सोमबार बिहान भारतका विभिन्न स्थानबाट आएका उनिहरुलाई बाँकेको नेपालजगंजस्थित महेन्द्र बहुमुखी क्याम्पसमा लगिराखिएको थियो।

जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरपालिकाले उद्धार गरेर क्उाम्पसमा राखेको थियो । आफुहरुलाई अव्यवस्थित रुपले राखिएको भन्दै उनिहरुले स्थानिय प्रसाशनको बिरोध समेत गरेका थिए ।

एउटै कोठामा ३०र३५ जना राखेकाले आफुहरुलाई जोअिम भएको भन्दै असन्तुष्टि जनाइरहेका थिए । उनिहरुले आफुहरुलाई कि घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्‍नुपर्ने माग गरेपछि कुनै सुनुवाइ नभएपछि उनिहरु भागेको बताइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर जबराले पनि क्वारेन्टाइनमा राखिएकाहरु भागेको पुष्टि गरेका छन् ।
यसरि ठुलो संख्यामा भारतबाट आएकाहरु भागेकाले कोरोना भाइरसको थप जोखिम रहेनेबारे चिन्ता ब्यक्त हुन थालेको छ ।

को हुन नेपालको पहिलो कोरोना संक्रमित १९ बर्षिय युवती ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार