
काठमाडौँ । नेपालमा पनि कोरोना भाइरसका एकजना बिरामी भेटिएको पुष्टी भएपछि सरकारले कोरोनाबिरुद्ध कडा कदम चालेको छ ।
सोमबार साँझ उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बसेको बैठकले भोलि बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका देशभर कोहि पनि घरबाट बाहिर ननिस्कन आदेश दिएको हो । जुन निर्णयलाई पुर्ण लकडाउन भनिएको छ ।
लक डाउन भन्नाले अत्यावश्यक काम वाहेक घरबाट बाहिर जान पाइदैन । सरकारले गरेका निर्णयहरुमा औषधि उपचार र खाद्यवस्तु किनमेल गर्न बाहेक अन्य कामका लागि घरबाहिर जान पाइने छैन ।
यस्तो अवस्थामा हवाइ सेवादेखि स्थलमार्गमा चल्ने सवारी साधन पुर्णरुपमा बन्द हुन्छन । सरकारले गरेको निर्णयमा अत्यावश्यक कामका लागि भने सवारी साधन प्रयोग गर्न पाइनेछ ।
सरकारले गरेका निर्णयहरु यस्ता छन् :












