
बाग्लुङ । नेपालको पाँचौं कोरोना संक्रमित बागलुङकी १९ बर्षीय युवतीलाई अस्पताल भर्ना गरिएको छ ।
शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार उनि नेपालको पाँचौं संक्रमित हुन ।
उनलाई गएराती घरबाट ल्याएर बाग्लुङ सदरमुकामस्थित धौलागिरि अंचल अस्पतालमा भर्ना गरिएको छ ।
अस्पताल स्रोतका अनुसार युवतीलाई अस्पतालको क्वारेनटाइनमा राखिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
बेल्जियमबाट कतार हुँदै चैत्र ४ गते नेपाल फर्केकी युवतीलाई बाग्लुङस्थित घर पुगेको भोलिपल्टै हल्का ज्वरो आएको थियो।
यो पनि हेर्नुहोस
https://www.youtube.com/watch?v=S9njXkTfUGQ










