कोरोना संक्रमणको परिक्षण आइतबारदेखि धरानबाट सुरु

विराटनगर । पूर्वको धरानबाट कोरोना संक्रमणको परिक्षण सुरु भएको छ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट (कोभिड–१९) संक्रमणको परीक्षण सुरु भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा मात्र कोरोना भाइरसको परीक्षण गर्ने व्यवस्थाले अन्य ठाउँका नागरिकको परिक्षणमा समस्या हुने भएकाले आइतबारदेखि धरानबाट परिक्षण सुरु गरिएको बताइएको छ ।  त्यस्तै सरकारले पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने निर्णय गरेको छ।

धरानमा प्रतिष्ठानको मोलिकुलर बायोलजी युनिट अन्तर्गत प्रा. डा. नारायण भट्टराईको नेतृत्वमा शनिबार मात्रै ल्याब स्थापना गरिएको थियो । अस्पताल भर्ना भएका बिरामी मध्ये कोरोनाको शंका लागेका बिरामीहरुको ‍र्‍यालको संकलनको काम भने माइक्रोबायलोजी विभागले गर्नेछ ।

प्रयोगशालाबाट दैनिक १२ जनाको स्वाब परीक्षण गरिनेछ भने ल्याबको क्षमता अधिकतम उपयोग गर्दा ३० वटासम्म नमुना परीक्षण गर्न सकिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार