डडेल्धुरा । विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि दिनप्रतिदिन चिन्ता बढ्दै गएको छ । संक्रमितको संख्या र आशंका गरिएका व्यक्तिहरु बढ्न थालेपछि चिन्दा बढेको हो ।
सरकारले कोरोनाको आशंका गरिएका व्यक्तिलाई आसोलेसनमा राखेको छ । स्थानीय तह देखि केन्द्रसम्म कसैलाई आशंका गरियो भने तत्काल आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ ।
तर डडेल्धुरामा भने कोरोनाको आशंका गरिएका दुईजना अस्पतालको आईसोलेसन वार्डबाट भागेका छन्। केहिसमय अघि भारबाट आएका उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखिएका थियो ।
उनीहरु दुबै जना शनिबार दिउँसो भागेका अस्पतालले जनाएको छ । दुबै जनाको नमूना अस्पतालले चार दिनअघि काठमाडौं पढाएको थियो । तर अहिले सम्म पनि रिर्पोट आएको छैन् ।
उनीहरु दुबै जना जिल्लाको भागेश्वर गाउँपालिका ३ नानीगाडका रहेको प्रहरीले जनाएको छ ।
उनीहरु कता गए भन्ने थाहा नभएपनि खोजी जारी रहेको बताइएको छ । यता रिर्पोट पनि कहिले आउने भन्ने जानकारी छैन् ।









