कैलाली । कैललीमा फेरि एक जना महिलामा कोरोना भेटिएकाे छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ की ६५ वर्षीया महिलामा कोरोना भेटिएकाे हो ।
यसअघि धनगढीमा गरिएको ¥यापिड टेष्टमा उनको रिर्पोट नेगेटिभ आएपछि पुन परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा पठाइएको थियो । काठमाडौंको परीक्षणमा उनको रिर्पोट पोजेटिभ आएको लम्कीचुहा अस्पतालले जनाएको छ ।
लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएकी ती महिलाको परिवार विरगञ्जबाट फर्किएको बुझिएको छ । उनलाई अहिले लम्कीबाट एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल लगिएको छ ।
यी महिलासँगै धनगढीमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । जसमध्ये एक जना कञ्चनपुरका छन् भने बाकीं चार जना कैलालीका रहेका छन् ।
त्यस्तै देशभर कोराना संक्रमितको संख्या १३ पुगेको छ ।










