सञ्चारकर्मीहरूको साथ र समर्थनप्रति नेतृ रीता खनालद्वारा आभार व्यक्त

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदकी उम्मेदवार कांग्रेस नेतृ रीता खनालले आफुलाई सहयोग गर्ने सञ्चारकर्मीहरुलाई आभार व्यक्त गरेकी छन् । उनले आफ्नो आवाजलाई राष्ट्रिय मुद्दासँग जोडेर जनतामाझ पुर्‍याउन सहयोग गर्ने सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गरेकी हुन् ।

खनालले निराशा, थकांन र कठिन परिस्थितिमा समेत आफूलाई देश र जनताका मुद्दामा निरन्तर बोलिरहन प्रेरित गर्ने सञ्चारकर्मी साथीहरूप्रति धन्यवाद समेत व्यक्त गरेकी छन् ।

उनले सत्य र सत्कर्मको पक्षमा उभिन तथा अन्याय, भ्रष्टाचार, बेथिति र असमानताविरुद्ध आवाज उठाइरहन सञ्चारकर्मीहरूले निरन्तर हौसला दिएको उल्लेख गरेकी छन्। कतिपय सञ्चारकर्मी साथीहरू घरमै आएर राष्ट्रिय मुद्दाहरूमा बोल्न आफूलाई झकझकाउने गरेको पनि उनले बताएकी छन्।

‘मेरो कोही नभएजस्तो भइरहँदा तपाईंहरू हुनुहुन्थ्यो,’ खनालले सञ्चारकर्मीहरूप्रति कृतज्ञता व्यक्त गर्दै भनेकी छन्।

सञ्चारकर्मीहरूले उजागर गरेका सत्य र मुद्दालाई सुन्न पाएका महाधिवेशन प्रतिनिधिहरूले चुनावी मैदानमा आफूलाई दिएको साथ र मायाप्रति पनि उनले आभार व्यक्त गरेकी छन्।

आफूलाई निरन्तर जागरुक राख्ने र ऊर्जा प्रदान गर्ने सञ्चारकर्मी साथीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै खनालले उनीहरूको साथ र समर्थनले राष्ट्रिय मुद्दामा निरन्तर आवाज उठाउन प्रेरणा मिलेको बताएकी छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार