काठमाडौंबाट ३३ जनाको चिकित्सक टोली सुदूरपश्चिम पुग्यो

काठमाडाैं । कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले काठमाडौंबाट ३३ जना चिकित्सकको टोली सुदूरपश्चिम पठाएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले यति एयरको जहाज चार्टर्ड गरेर उनीहरुलाई सुदूरपश्चिम पठाएको हो।

पछिल्लो समय सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा छ । भारतबाट हजारौं नेपाली घर आएका र अहिलेसम्म ५ जनामा कोरोना पुष्टि भइसकेकाले पनि सुदूरपश्चिम जोमिको उच्च विन्दुमा रहेको छ ।

स्वास्थ्यकर्मीको अभाव र उपचारमा समस्या नहोस् भन्दै सरकारले सरकारी छात्रवृत्तिमा बढिरहेका आवसीय चिकित्सकलाई सुदूरपश्चिम  पठाइएको हो । उनीहरुलाई सुदूरपश्चिमका विभिन्न जिल्लामा खटाइने छन् ।

सरकारले यसअघि नै छात्रवृत्तिमा पढेका स्वास्थ्यकर्मीलाई कोरोना उपचार र रोकथाममा खटाउने निर्णय गरेको थियो। सोहि निर्णयलाई आधार मानेर सरकारले सुदूरपश्चिममा उनीहरुलाई खटाएको हो । ३३ जनामध्ये १३ जना चिकित्सकलाई सेती प्रादेशिक अस्पतालमा खटाइने र बाँकीलाई प्रदेशका अन्य जिल्लामा खटाइने प्रदेश सरकारले बताएको छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीका अनुसार अछाम, बैतडी, डडेलधुरा र दार्जुलामा तीनतीन जना र कैलालीको टीकापुर र बझाङ जिल्ला अस्पतालमा दुई, दुई जना चिकित्सक पठाइने छन् । चार जना चिकित्सकलाई भने कञ्चनपुरको महेन्द्रनगरमा खटाउने प्रदेशको तयारी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार