काठमाडौं । कोरोना संक्रमित भेटियो भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका ७ का २४ वर्षीय सन्दीप योङ्हाङ लिम्बू रहेका छन् ।
उनले शनिबार इलामको बिब्ल्याटेमा एक कोरोना संक्रमित भेटिएको भन्दै गलत सूचना फेसबुकमा लेखेका थिए । उनले कोरोनाको अफवाह फैलिएको भन्दै प्रहरीमा उजुरी परेपछि उनी पक्राउ परेका हुन् ।
प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । यसअघि पनि कोरोनाको अफवाह फैलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको छ । त्यस्तै कोरोनाको बारेमा हल्ला फैलाउने अनलाइन पत्रिका पनि बन्द गरिएका छन् ।











