कैलालीका अर्का युवा पनि कोरोना जितेर घर फर्के


कैलाली । कैलालीमा कोरोना जितेर अर्का युवा पनि घर फर्केका छन् । सुदूरपश्चिमकै पहिलो कोरोना संक्रमितका रुपमा रहेका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवा आज (मंगलबार) निको भएर घर फर्केका हुन ।

संक्रमण पुष्टी भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा २९ दिन उपचार गराएर आज डिस्र्चाज भएपछि उनि घर फर्केका हुन ।
लगातार दुई पटक सम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

चैत ७ गते दुबइबाट दिल्ली हुँदै घर पुगेका उनमा चैत्र १४ गते संक्रमण भेटिएको थियो। यसअघि आइतबार कैलालीको लम्कीका २१ बर्षीय संक्रमित युवा निको भएर घर फर्केका थिए। उनको पनि सेती अस्पतालमै उपचार भएको थियो । यो संगै नेपालमा संक्रमणपछि निको हुनेको संख्या ५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार