विराटनगरमा डेरागरी बसेका विद्यार्थीलाई महानगरले घर पुर्याउने व्यवस्था गर्दैं

विराटनगर । कोरोना फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउन लम्बीएपछि डेरा गरी बसेकालाई समस्या बढ्न थालेको छ । लकडाउनले काम गर्ने ठाउँ, विद्यालय लगाएत सबै कुरा बन्द हुँदा समस्या बढ्न थालेको हो ।

यो समयमा स्थानीय तहले आफ्नो ठाउँका नागरिकलाई घर ल्याउने काम गरिरहेका छन् । तर धरान महानरपालिकाले भने आफै उनीहरुलाई घर पुर्याउने व्यवस्था गर्न लागेको छ । लकडाउनका कारण समस्यामा परेका डेरागरी बस्ने विद्यार्थीलाई गाडीको व्यवस्था गरेर घर पुर्याउने व्यवस्था गरिरहेको महानगरले जनाएको छ ।

अहिले वडा कार्यालयले तथ्यांक संकलन गरिरहेको र सोमबारबाट काकाडभिट्टादेखि सिराहासम्मका विद्यार्थीलाई घरसम्म पुर्याउने व्यवस्था भइरहेको बताइएको छ । महानगरले पहिलो चरणमा विद्यार्थी र त्यसपछि भाडामा बस्ने अरुलाई पनि घर पुर्याउने व्यवस्था मिलाई रहेको छ ।

तर, पहाडी क्षेत्रका विद्यार्थीलाई  भने  तत्काल के गने भन्ने विषयमा पनि छलफल भइरहेको महानगरले  जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार