
कैलाली । विश्वभर फैलिएको कोरोना संक्रमणबाट प्रभावित भएका सुदूरपश्चिमका व्यक्तिहरु एकपछि अर्को सफलता पाइरहेका छन् । आइसाेलेसनमा राखेर उपचार गराइ रहेका व्यक्तिहरू एकपछि अर्काे सपफलता पाइरहेका हुन् ।
आइसोलेसनमा रहेका १ सय ७ जना उपचार गरेर घर फर्किएका छन् । कोरोना आशंकामा प्रदेशका विभिन्न अस्पतालको आइसोलेसनमा रहेका उनीहरु उपचार गरेर घर फर्किएका हुन् ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय डोटीले कोभिड १९ को मिडिया ब्रिफिङ्गमा बताए अनुसार आशंका गरिएका १ सय १४ जनामा १ सय ७ जना उपचारपछि घर फर्किएका छन् । ७ जना भने अझै अस्पतालको आइसोलेसनमा रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।
विभिन्न ठाउँमा आरडीटी परीक्षणमा पोजिटिभ देखिएका ९ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै एक जनाको भने रिपार्ट आउन बाँकी रहेको छ ।
हालसम्म प्रदेशमा आरडीटीबाट ११९६३ जनामा परिक्षण गरिएको मध्ये ११९५१ जनामा नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य महाशाखाले जनाएको छ ।
यसअघि ५ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् भने एक जनाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।









