खोटाङ । जिल्ला बाहिरबाट गएर ‘होम क्वारेन्टाइन’ मा नबस्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘होम क्वारेन्टाइन’ मा बस्ने शर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका तीन जना क्वारेन्टाइनमा नबसेपछि प्रहरीले पक्राउ परेको हो ।
पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका एक युवक र दुई युवती रहेका छन् ।
कोरोना फैलिन नदिनका लागि सरकारले नै जिल्ला बाहिरबाट घर फर्किनलेलाई १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नु पर्ने नियम बनाएको छ । तर उनीहरु भने घरबाट निस्केर डुलिरहने, मादक पदार्थ सेवन गर्ने र होहल्ला गर्दै हिड्ने गरीको प्रहरीले जनाएको छ ।
प्रहरीले वडा अध्यक्षको सहकार्यमा उनीहरुलाई पक्राउ गरेको बएताको छ ।










