पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

झापा । देश कोरोनाकाे महामारीमा लडिरहेको बेला समाजमा अपराधका घटनाहरु पनि भइरहेका छन् । हत्या, हिंसा, लुटपाट, बलात्कार जस्ता घटनाहरु दिनप्रदिन भइरहेका छन् ।

बुधबार झापामा पनि पत्याउनै नसकिने घटना घटेको छ । एक ५ वर्षीया बालिकालाई १६ वर्षको बालकले जबरजस्ती करणी गरेको अभियाेगमा प्रकाउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कनकाई नगरपालिका ७ बस्ने निश्चल राईलाई रहेका छन् ।

उनले ती बालिकालाई ललाई फकाई घर नजिकैको कुखुरा फर्मको दाना राख्ने कोठामा लगेर जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । उनले जबरजस्ती करणी गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालयको टोलीले उनलाई पक्राउ गरेको थियो ।

उनीमाथि बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ । यो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार