कोरोना आशंकामा कैलालीमा एक जना आइसोलेसन भर्ना

कैलाली । कोरोनाको आशंकामा कैलालीका एक युवकलाई आइसोलेसनमा भर्ना गरिएकाे छ । जिल्लाको घोडाघोडी नगरपालिका ९ का २५ वर्षीय युवकलाई सेती प्रादेशिक अस्पतालम भर्ना गरिएको हो ।

चैत ६ गते भारतको मुम्बईबाट आएका ती युवकमा उच्च ज्यवरो र खोकी रहेको अस्पतालले जनाएको छ । उनलाई अस्पतालले कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरेको छ ।

ती युवकलाई बिहीबार नै अस्पताल भर्ना गरिएपनि कोरोना परीक्षणको रिपोर्ट भने शनिबार मात्रै आउने बताइएको छ । रिपोर्ट आएपछि मात्रै उनलाई कोरोना भए नभएको थाहा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार