१ करोड ९ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

विराटनगर । १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । विराटनगरको एकीकृत भन्सारबाट उनीहरु पक्राउ परेका हुन् ।

भन्सारमा जाँच गर्ने क्रममा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा उक्त पैसा भेटिएको प्रहरीले बताएको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकमसहित चालक र सहचालकलाई पक्राउ गरेको जनाइएको छ ।

उक्त रकम खाली ट्रकको पछाडि बोरामा बेरेर कार्टुनमा मिलाएर राखिएको थियो । तर, उक्त रकम कसले र किन ट्रकमा राखेकाे हाे त्यो भने खुल्ल बाँकी नै छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार