बन्चरो प्रहार गरी आमाबुवाको हत्या

तेह्रथुम । तेह्रथुममा बन्चरो प्रहार गरी एक युवाले आफ्नै बुवा र सैतेनी आमाको हत्या गरेका छन् । जिल्लाको फेदाप गाउँपालिका ५ इसिबुका २० वर्षीया कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बुबाआमाको हत्या गरेका हुन् ।

घरमा सामान्य विवाद भएपछि उनले ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार