कोरोना आशंकामा श्रीमान् श्रीमती अस्पताल भर्ना

धनगढी । कोरोना आशंकामा श्रीमान् श्रीमती अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाका उनीहरु कोरोना आशंकामा सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका हुन् ।

दुबै जना कोरोनाको लक्षण देखिएपछि आफै चेकजाँचका लागि अस्पताल आएका थिए । उनीहरुले आफुलाई ज्वरो आएको र घाटी दुख्ने समस्या भएको बताएका थिए ।

चेकजाँच गर्न अस्पताल आएका उनीहरुलाई कोरोना आशंकामा अस्पतालको आइसोलेसनमा राखिएको बताइएको छ । उनीहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी ल्याबमा पठाइएको अस्पतालले जनाएको छ ।

उनीहरु दुबै जना दुई महिना अघि मात्रै भारतबाट आएको खुलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार