संक्रमण बढ्दै गएपछि जारी गरिएको सवारी पास खारेज, काठमाडौं उपत्यकामा के हुने ?


काठमाडौँ । सरकारले जारी भएका सबै अस्थायी सवारी पास खारेज गरेको छ । विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी गरिएको सवारी पास खारेज गरेको हो ।

मंगलबारबाटै निर्णय कडाइका साथ पालना गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन समेत दिइएको गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यकाको हकमा भने यो नियम लागू हुने छैन । कोरोना रोकथाम र नियन्त्रणको प्रयासका लागि सरकारले चैत ११ गतेबाट लकडाउन लागु गरेसंगै एक जिल्लाबाट अर्को जिल्ला जान सयौं पास जारी गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार