सांसद बिडारी भन्छन्: ट्रक भाडामा लिएर सरकारले नै गाउँको उत्पादन ल्याएर बेच्नु पर्यो

काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले सरकारले नै गाउँको तरकारी ल्याएर बेच्नुपर्ने बताएका छन् ।
गाउाँ किसानले उब्जाएको तरकारी सरकारले किनिदिनुपर्ने उनको भनाई छ ।

बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले भने, “सरकारले करिब १ हजार मालवहाक सवारीसाधनहरु आफ्नो नियन्त्रणमा, आफ्नो रेखदेखमा सुरक्षाकर्मीसहित गाउँ गाउँ पठाउनु पर्यो । गाउँले जनताले उत्पादन गरेका सम्पुर्ण चिजहरु शहरमा ल्याइदिनु पर्यो । शहरबाट मल, बिउ, किटनाषक औषधी गाउँ पुर्याइदिनु पर्यो । तर, जनताको आवाजजावत रोकिदिनु पर्यो ।”

गाउँका उत्पादनलाई शहरमा ल्याएर सरकारले नै बेच्ने ब्यवस्था मिलाउन उनले सुझाव समेत दिए ।

‘काम नपाएर ट्रकहरु मजाले बसिरहेका छन् । जनताले पैसा तिरेर खाने हो, गाउँ गाउँमा गएर तरकारी फलफूल जे जे छन् शरहमा ल्याएर बेच्नुपर्‍यो’, सांसद बिडारीले भने ।

भारतबाट कोरोना मिसिएका साग तरकारी नेपाल भित्रिएकोप्रति सांसद बिडारीले आपत्ती प्रकट गरे । आफुले पटक पटक संसदबाट सुझाव दिए पनि सुनाइ नभएकोमा दुखेसे पोखे ।

प्रमुख जिल्ला अधिकारीहरुले जथाभावी सवारी पास वितरण गरेकाले कोरोना फैलिएको उनले आरोप समेत लगाए ।

‘कोरोना फैलिनुमा सीडीओको पनि दोष छ, तास खेल्दाको साथी, रक्सी खाँदाको साथी, जम्मैलाई पास बाडिँदिने’, सांसदले बिडारीले भने ।

सांसद बिडारीले अहिले पनि पास वितरण गर्दा गृहमन्त्रालयको विशेष ध्यान दिनुपर्ने बताए ।

सरकारलाई सांसद रामनारायण बिडारीको कति राम्रो सल्लाह ।

सरकारलाई सांसद रामनारायण बिडारीको कति राम्रो सल्लाह । तपाई के भन्नु हुन्छ ? उहाँको कुरा मन परे लाइक / सेयर गरौं । धन्यवाद ! Ramnarayan Bidari, Parliament member of Nepal.

Posted by Anmol Media on Wednesday, May 20, 2020

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार