
काठमाडौं । नेपालमा एकैदिन थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लाका एकै दिन ५९ जना नयाँ संक्रमित पुष्टि भएका हुन् ।
संक्रमित सर्लाहीमा १५, बाँकेमा १४, कपिलवस्तुमा ९, बारामा ६, कैलाली ३, डडेल्धुरा १, बैतडी १, नवलपरासीमा ३, चितवनमा २, नवलपरासी पूर्व, सप्तरी, भक्तपुर, मोरङ, र मकवानपुरमा १ र १ गरी ५९ जना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमाकोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ, भने निको हुनेको संख्या ७० पुगेको छ । कोरोनाबाट नेपालमा अहिलेसम्म ३ जनको मृत्यु भएको छ ।









