विद्यालयमा सेनेटरी प्याड निःशुल्क, दिवाखाजाका लागि ५ अर्ब ९५ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले सामुदायिक बिधालयप्रती आर्कषण बढाउनका लागि निुशल्क सेनेटरी प्याडदेखि दिवाखाजाको बजेट बृद्धी गरेको छ ।
देशका सम्पुर्ण सामुदायिक विद्यालयहरुमा अबदेखि सेनेटरी प्याड निःशुल्क बितरण गरिने भएको छ ।

सरकारले आर्थिक वर्ष ०७६र७७ को बजेटमार्फत प्याड निःशुल्क बितरणका लागि यथेष्ट बजेट बिनियोजन गरिएको अर्थमन्त्री डा। युवराज खतिवडाले बताए।

संघिय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले सामुदायिक बिधालयप्रती आर्कषण बढाउन विभिन्न कार्यक्रमहरु ल्याएका छन् ।
देशका ४३ जिल्लाका बिधालयमा आधारभुत तहका बिधार्थीहरु टिकाई राख्न र बिधालय छोड्ने दर कम गर्न थप ९ लाख १७ हजारसहित २२ लाख २९ हजार बालबालिकाका लागि दिवाखाजामा ५ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको छ ।

बिधालयमा बालबालिकालाई दिइने दिवा खाजावाफतको रकम भने बालबालिकाको आमा मार्फत दिइने ब्यवस्थासमेत मिलाएको अर्थमन्त्री खतिवडाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार