
भारत । भारतले दुई पाकिस्तानीक कूटनीतिक अधिकारीलाई देश निकाला गरेको छ । जासुसी गरेको आरोप लगाउँदै भारतले उनीहरूलाई देशबाट निष्कासित गर्ने घोषणा गरेको हो ।
बीबीसीका अनुसार विदेश मन्त्रालयले दिल्लीस्थित पाकिस्तानको उच्च आयुक्तको कार्यालयमा कार्यरत ती दुई अधिकारी जासुसीसम्बन्धी गतिविधिमा संलग्न भएको आरोप लगाएको छ ।
भारतको विदेश मन्त्रालयले एक विज्ञप्ती निकालेर दुई अधिकारीले कूटनीतिक हैसियत अनुसार नमिल्ने व्यवहार गरेको जनाएको छ ।
भारत र पाकिस्तानबीच कश्मीर क्षेत्रको विवादलाई लिएर दशकौँदेखि तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको छ।














