कञ्चनपुर । कञ्चनपुरमा तीन जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । एक जना प्रहरी साहायक निरीक्षक, एक जना प्रहरी हवल्दार र एक जना प्रहरी चौकीमा कार्यरत जवान गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन सुरक्षार्थ तैनाथ प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरी दुई र पुर्नवास नगरपालिकाको खड्डाकङ्कड प्रहरी चौकीमा कार्यरत एक जना रहेका छन् ।
कोरोना संक्रमण देखिएका दुई जनाको महाकाली अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको र एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीमा कारोनाको पुष्टि भएपछि बैजनाथ माविमा रहेको क्वारेन्टिन सिल गरिएको छ।









