
चीन । चीनको राजधानी बेइजिङमा नयाँ कोरोना संक्रमितको संख्या ७९ पुगेको छ । सोमबार ४९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ७९ पुगेको हो ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सोमबार थपिएका संक्रमितमध्ये ३९ जना स्थानीय संक्रमण र १० जना विदेशबाट चीन आएका रहेका छन् । स्थानीय संक्रमणमध्ये ३६ जना बेइजिङ र ३ जना बेइजिङको छिमेकी प्रान्त हिबेईका रहेका छन् ।
५५ दिनसम्म संक्रमित फेला नपरेको बेइजिङमा जुन ११ यता ७९ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै चीनमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहरको चिन्ता शुरु भएको छ ।














