सेती प्रादेशीक अस्पतालमा कार्यरत स्टार्फ नर्समा कोरोना संक्रमण पुष्टि


कैलाली । सेती प्रादेशीक अस्पताल धनगढीमा कार्यरत एक जना स्टार्फ नर्समा कोरोना संक्रमणको पुष्टि भएको छ । २८ वर्षीया उनलाई सोमबार संक्रमण पुष्टि भएको हो ।

उनी कोरोना संक्रमितहरुको उपचारमा संलग्न रहेको अस्पताल स्रोतले जनाएको छ । उनी १४ दिन क्वारेन्टिनमा बसेकी थिइन् । अस्पताले कोरोन संक्रमितको उपचारमा खटिएका सबैको कोरोना परीक्षण गर्दा उनमा संक्रमण देखियो हो ।

उनीसँगै अन्य १० जनाको रिर्पोट आएको थियो । ती मध्ये अन्य ९ जनामा संक्रमण नदेखिएको बताइएको छ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या पाँच पुगेको छ । यसअघि ञ्चनपुरका २ जना र डडेल्धुराका २ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार