कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा थप एक जनाको मृत्यु


नेपालगञ्ज । कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको लम्की चुहा नगरपालिका २ की ४३ बर्षीया महिला रहेकी छन् ।

उनको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको छ । न्यूरोसम्बन्धी समस्याका कारण उनलाई आइतबार कोहलपुरको उक्त अस्पतामा भर्ना गरिएको थियो ।

उनको सर्जरी गर्नुअघि पीसीआर टेष्ट गर्न स्वाब संकलन गरिएको थियो । रिपोर्ट नआउदै उनको बधुबार साढे ११ बजेतिर मृत्यु भएको थियो ।
साँझ उनको रिर्पोट पोजिटिभ आएको अस्पालत स्रोतले जनाएको छ । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार