सुदूरपश्चिममा पनि पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च २१४ संक्रमित भेटिए


अत्तरिया । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा पनि हालसम्मकै उच्च २१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सुदूरपश्चिमका विभिन्न जील्लामा भेटिएका संक्रमितहरुको संख्या हालसम्मको उच्च रहेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २१३ र बाँकेमा गरिएको परीक्षणमा १ जना कोरोना संक्रमित पाइएको पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार बाजुरामा १५ महिला र २६ पुरुष गरी ४१ जना नयां संक्रमित भेटिएका छन् । त्यसैगरी, अछाममा ११ महिला र ३१ पुरुषगरी ४२ जना, डोटीमा ५ पुरुष, बझाङमा १ महिला र १ पुरुष गरी २ जना, बैतडीका २ महिला र २३ पुरुष गरी २५ जना, डडेल्धुराका ७ महिला र ७७ पुरुष गरी ८४ जना, कैलालीमा २ महिला र १९ पुरुषगरी २१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ५९३ पुगेको छ भने कोरोनाबाट हालसम्म ४ जनाको मृत्यु भईसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार