
दार्चुला । दार्चुलामा क्वारेन्टिनबाट घर गएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मार्मा गाउँपालिका–३ का २१ वर्षीय युवक रहेका छन् । आरडीटी टेस्टको रिपोर्ट नेगेटिभ आएपछि जेठ ३० गते क्वारेन्टिनबाट घर गएका उनको हिजो (बिहीबार) साँझ घरमै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले बताए ।
अध्यक्ष धामीका अनुसार मृतक युवकको हिजै स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको छ । मृतक युवकको हिजै साँझ अन्त्येष्टि समेत भइसकेको अध्यक्ष धामीले जानकारी दिए ।
बेंग्लौरबाट जेठ २७ गते कैलालीको गौरीफन्टा नाका हुँदै आएका उनको धनगढी सेती प्रादेशिक अस्पतालमा गरिएको आरडीटी टेस्टको रिपोर्ट नेगेटिभ आएको थियो ।









