धारामा करेन्ट झाडेर महिलाको मृत्यु भएपछि करेन्ट छाड्ने युवक हिरासतमा


डोटी । धारामा छाडिएको करेन्ट लागेर डोटीमा एक महिलाको मृत्यु भएपछि करेन्ट छाड्ने युवक पक्राउ परेका छन्। कोरोना संक्रमित आउने भन्दै धारामा करेन्ट छाड्ने स्थानीय १९ वर्षीय सुरज किमाडीलाई पक्राउ गरि अनुसंन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको उनले बताए। शनिबार जिल्लाको आदर्श गाउँपालिका –७ की २६ वर्षीया तुल्सी थापा बाघको धारामा नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार