
काठमाडौं । लकडाउनका कारण बैंककमा रोकिएकी पूर्वयूवराज्ञी हिमानी शाह तीन महिनापछि स्वदेश फर्केकी छन् । बैंककमा अध्ययनरत छोराछोरीहरु भेट्न गएकी उनी लकडाउनका कारण उतै रोकिएपछि मंगलबार मात्रै नेपाल फर्किन पाएकी हुन ।
उनि नेपाल एयरलाइन्सको विमानमार्फत बैंककको थाइल्यान्डबाट काठमाडौं ओलिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । हिमानीका साथमा उनका छोरा हृदयन्द्र पनि फर्केका छन्।
दिउसो ३ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएपछि हिमानी र हृदयन्द्र होटलको क्वारेन्टिनमा बसेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।
हिमानीका दुई छोरीहरु पूर्णिका र कृतिका भने उतै बसेका छन् । थाइल्यान्डमा बस्दा हिमानीले छोरीहरुसित बनाएको टिकटक भिडियो सामाजिक संजालमा भाइरल भएको थियो ।











