बझाङ पहिरो अपडेट : दुई जनाको शव भेटियो


बझाङ । बझाङमा शनिबार बिहान गएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ । १८ घर पहिरोमा बगेकाले अझै ७ जना वेपत्ता रहेका छन् ।

पहिरोमा भेटिएका शवको भने सनाखत हुन नसकेको बताइएको छ । करिब ४० परिवारको बसोबास रहेको उक्त ठाउँमा उद्धारका लागि गएको टोली अझै पुग्न सकेको छैन् । अहिले स्थानीयले नै पहिरोमा हराइरहेका व्यक्तिको खोजी गरिरहेका छन् ।

पहिरोमा हराई रहेका अन्य १८ जना भने गाउँलेको सम्पर्कमा आएका छन् ।  पहिरो गएको गाउँमा जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तथा कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली बिहानै गएको भए पनि अहिलेसम्म पुग्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार