
कंचनपुर । कंचनपुरमा प्रेमिकासंगै नहरमा हाम फालेका सैनिक जवानको शव भेटिएको छ । भीमदत्त नगरपालिका-२ का २३ वर्षीय राकेश चौधरीको शनिबार विहान महाकाली सिँचाईको भाँसीस्थित नरहमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
राकेश नेपाली सेना कार्यरत रहेको र घर विदामा आएका बेला हिजो प्रेमीका संगै नहरमा हाम फालेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए।
राकेशकी प्रेमिका सोही वडा बस्ने १९ वर्षीय चौधरी थरकी युवतीले नहरमा हाम फालेपछि उनलाई बचाउन राकेशले पनि नहरमा हाम फालेको प्रहरीको भनाई छ । तर, युवतीको शुक्रबार नै स्थानियले उद्धार गरेका थिए भने राकेश नहरमा वेपत्ता भएका थिए । उनको आज खोज्ने क्रममा शव भेटिएको प्रहरीको भनाई छ ।









