
काठमाडौं । विप्लव समूहका एक जना नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन रहेका छन् ।
उनी कैलालीबाट पक्राउ परेका हुन् । पुनकी श्रीमती महिला इञ्चार्ज पूर्णिमा धामीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका नेताहरु एकपछि अर्को पक्राउ परिरहेका छन् ।








