गण्डकी प्रदेश सरकारद्धारा प्रदेश प्रहरीलाई सवारी साधन हस्तान्तरण


पोखरा । गण्डकी प्रदेश सरकारले  प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि सवारी साधन उपलब्ध गराएको छ । सवारी साधन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबार एक कार्यक्रमकाबीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक घनश्याम अर्याललाई हस्तान्तरण गरेका हुन् ।

प्रदेश सकारले टाटा पिकअप भ्यान ४ र २८ थान, मोटरसाईकल(पल्सर) १८, TVS अपाचे ५ र बुलेट ५ थान प्रदेश प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

मन्त्री गुरुङले चाबि हस्तान्तरण गरेपछि सवारी साधनहरुको अवलोकन समेत गरेका थिए ।

प्रहरीको सेवालाई चुष्तदुरुष्त एवं प्रभावकारी बनाउनका साथै उनीहरुलाई काम गर्न सहज होस् भन्ने उदेश्यले प्रदेश सरकारले सवारी साधन दिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार