
मोरङ । मोरङको विराटनगरस्थित कोशी अस्पतालमा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका– ५ का ७७ वर्षीय वृद्ध रहेको कोशी अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। चुमनलाल दासका अनुसार ज्वरो र स्वासप्रश्वासको समस्या लिएर सोमबार विहान ९ बजे अस्पताल भर्ना भएका उनको आइसोलेसनमा राखी उपचार भइरहेको थियो ।
उपचारकै क्रममा करिब सवा ३ बजे उनको मृत्यु भएको डा. दासले जानकारी दिए । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । मोरङमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।









