विजय राम मृत्यु प्रकरण : रौतहटका एसपी खड्कालाई जिम्मेवारीबाट हटाइयो


रौतहट । जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी रविराज खड्कालाई जिम्मेवारीबाट हटाइएको छ । इलाका प्रहरी कार्यालय, गरुडाको थुनामा रहेका अभियुक्त विजय रामलाई प्रहरीले यातना दिएको पाइएपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो ।

उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएको छ । उनको ठाउँमा भने एसपी सिद्धिविक्रम शाहको काज सरुवा गरिएको छ । गृह मन्त्रालयले गठन गरेको छानविन समितिको प्रारम्भिक अनुसन्धानले पनि प्रहरीले यातना दिएको देखाए पछि यसअघि  प्रदेश नं २ प्रहरी कार्यालयले प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियालाई निलम्बन गरिसकेको छ ।

गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा विजय रामलाई साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेकै बेला आरोप स्वीकार गर्न कुटपिट गरेको आरोप परिवारले लगाएका छन् । प्रहरीको कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार