
बेलायत । जुन महिनापछि विस्तारै कोरोना संक्रमितको संख्या घट्दै गएको बेलायतमा फेरि संक्रमितको दर बढेको छ । गएको २४ घण्टामा १ हजार ६२ जना नयाँ संक्रमित फेला परेसँगै संक्रमितको दर बढेको हो ।
यो संख्या जुन महिनापछिको पहिलो हो । एकदिन अघि ७ सय ५८ जना कोरोना संक्रमित देखिएको बेलायतमा अर्को दिन भने हजार बढी देखिएका छन् ।
योसँगै बेलायतमा अब कोरोना संक्रमितको दोस्रो लहर सुरु भएको हो कि भन्ने चिन्ता बढेको छ । संक्रमित घट्दै गएपछि विस्तारै लकडाउन खुकुलो गरेको बेलायत सरकारले फेरि संक्रमित देखिएको ठाउँमा लकडाउन गरेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार बेलायमा हालसम्म ३ लाख १२ हजार ५ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४६ हजार ६ सय ५९ जनाको मृत्यु भइसकेको छ ।










