
कैलाली । सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा सेती महाकाली व्युरो इन्चार्ज ओमप्रकाश पुन कारागार चलान भएका छन् ।
सोमबार जिल्ला अदालत कैलालीले तोकेको ५० हजार धरौटी बुझाउन नसकेपछि उनी जेल चलान भएक हुन् । न्यायाधीश जयानन्द पनेरुको एकल इजलासको उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
उक्त धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको जिल्ला अदालत कैलालीका श्रेस्तेदार राइभान कुन्जेडाले जानकारी दिए । असार ३१ गते कैलालीको धनगढी उपमहानगरपालिका ७ बाट उनलाई हतियारसहित प्रहरीले पक्राउ गरेको थियो ।










