कोरोना संक्रमित देखिएका काठमाडौंका विभिन्न क्षेत्र धमाधम सिल गरिदै, विशालबजार पनि सिल


काठमाडौं । कोरोना संक्रमित देखिका काठमाडौंका विभिन्न क्षेत्र धमाधम सिल गरिएका छन् । बिहीबार काठमाडौंका कालिमाटी, कुलेश्वर, कंलकी, खड्कागाउँ लगाएका क्षेत्र कोरोनाको जोखिम बढ्ने भन्दै सिल गरिएका थिए ।

त्यसतै शुक्रबार काठमाडौंको न्यूरोड क्षेत्रमा व्यापारीमा कोरोना देखिएपछि सिल गरिएको छ । व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने न्यूरोडको विशालबजार देखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएका छन् ।

वडा कार्यालयले विज्ञप्ति जारी शुक्रबारबाट लागू हुने गरी भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गर्न वडा अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार