
भारत । कोरोना संक्रमणबाट भारतमा एकै दिन १ हजार बढीको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट १ हजार २३ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६० हजार ४ सय ७२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७ सय ६० नयाँ संक्रमित भेटिएका छन् । योसँगै संक्रमितको संख्या पनि भारतमा ३३ लाख १० हजार २ सय ३५ पुगेको छ ।













