सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टद्धारा डोटीमा कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन


डोटी । सुदूरपश्चिम प्रदेशको डोटीमा पनि अब कोरोना परीक्षण गरिने भएको छ । डोटी अस्पतालले आफै कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गरेको छ ।

प्रयोगशालाको मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन् । प्रयोगशालाको उद्घाटन गर्दै भट्टले प्रदेश सरकारको निर्णय अनुसार नै डोटीमा प्रयोगशाला स्थापना गरिएको बताएका छन् ।

प्रयोगशाल सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा स्थापना गरिएको बताइएको छ ।

डोटी अस्पतालमा  प्रयोगशाला स्थापना गरेसँगै अब सुदूरपश्चिमका पहाडी जिल्ला अछाम, बाजुराका स्वाब परीक्षण गरिने छन् । उक्त प्रयोगशालामा दैनिक ७ सय नमुना परीक्षण गर्न सकिने छ ।

योसँगै सुदूरपश्चिम प्रदेशमा चारवटा प्रयोगशाला स्थापना गरिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार