
कैलाली । सुदूरपश्चिम प्रदेशमा एकैदिन १ सय ७ जनामा को रोना सं क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १ सय ७ जनामा को रोना पुष्टि भएको हो ।
सुदूरपश्चिमका कञ्चनपुरका १९, कैलालीमा ७९, डडेलधुरामा ४ दार्चुला र बाजुरामा एक – एक र बैतडीमा ३ गरी १ सय ७ जनामा सं क्रमण देखिएको छ ।
केहीसमय देखि विस्तारै कम हुँदै गएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।












